
दैलेख ।
स्वास्थ्य सेवा कार्यालय दैलेखलाई केही स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग र कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको उक्त सामग्री आज हस्तान्तरण गरिएको हो ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक रविन खड्काले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सेवा विभागबाट अक्सिजन कन्ट्रेटर मेशिन २ वटा, पल अक्समिटर २ वटा, वटा ५० पिपिइ सेट, २५ वटा फेस सिल्ड लगायतका सामग्री जिल्ला अस्पताल दैलेखमा पठाईएको हो । त्यस्तै कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले अक्सिजन कन्ट्रेटर मेशिन २ वटा, कम्मल २४ वटा, १ हजार थान सर्जिकल माक्स, डेथ बडी व्याग १० वटा, निगोलाईजर मेशिन ५ वटा स्वास्थ्य सेवा कार्यालय दैलेखलाई दिएको हो ।
काठामाडौंबाट ओमप्रकाश उपाध्याय, मिना थापा, ओम रिजाल र नन्दकिशोर बस्नेतको अगुवाईमा आईतबार १५ थान ठुलो अक्सिजन सिलिन्डरको ग्यास आउँदैछ ।
यस अघि बस्नेतले १५ थान अक्सिजन सिलिन्डर ग्यास दैलेखमा व्यक्तिगत पहलमा ल्याएका थिए । धेरै स्वास्थ्य सामाग्री तथा औषधिहरु जिल्लामा अपुग रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले बताए । उपलब्ध भएको स्वास्थ्य सामग्रीले जिल्लामा कोभिडका बिरामीहरुलाई केही हदसम्म भएपनी राहत हुने उनले बताए ।

