नेकपा सचिवालय बैठक आज

  ।   २० आश्विन २०७७, मंगलवार ०७:५८

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । आइतबार स्थगित भएको सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने तय भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डबीच सोमबार पनि छलफल भएको थियो । आज बस्ने बैठकमा पार्टी एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने नेकपाले जनाएको छ ।

Next Post

रोल्पामा प्रहरिले बिबाह मण्डपबाटै उठायो बालबिबाह गर्ने जोडि

२० आश्विन २०७७, मंगलवार ०७:५८
मनोज डाँगी  रोल्पा असोज १९ । रोल्पा प्रहरीले विवाह मण्डपबाटै बालविवाह रोकेको छ । आइतबार त्रिवेणी गाउँपालिका-७ कि १४ वर्षिया युुवती र सोही वडाको माथिल्लो तितिमका १७ वर्षीय युवाबीच हुन लागेको विवाह मण्डपबाटै रोकिएको हो । यसरी दुई बालबालिकाकावीच विवाह हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले मण्डपबाटै विवाह रोकेको रोल्पा जिल्लाका […]