बैतडीमा जिप दुर्घटना १० जना घाइते

  ।   २३ आश्विन २०७७, शुक्रबार १५:११


बैतडी असोज २३ ।

बैतडीमा शुक्रबार जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउतर्फ जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप दुर्घटना हुँदा १० जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

घाइतेहरुलाई आम्चोरा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको उनले बताए ।
जिप सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ। घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटना बिहान १० बजेतिर भएको हो।

Next Post

भोलि तीन जिल्लामा नौ घन्टा बिद्युत सेवा अबरुद्ध हुने

२३ आश्विन २०७७, शुक्रबार १५:११
असोज २३ सुर्खेत । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले शनिवार सुर्खेतसहित तीन जिल्लाको विद्युत सेवा नौ घण्टा अवरुद्ध हुने जनाएको छ । कोहलपुर–सुर्खेत प्रशारण लाइनको ३३ केभी लाइन नजिकका रुखका हांगाहरु काट्नुपर्ने भएकोले बिद्युत सेवा अवरुद्ध हुने भएको हो । विद्युत वितरण केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरीका अनुसार मुख्य […]