
असोज २३, दैलेख ।
दैलेखको भैरबी गाउँपालिका -६, मा जनप्रतिनिधि र प्रहरीको सक्रियतामा घरेलु मदिरा नष्ट गरिएको छ ।
गत २० गते पिसिआर चेक गरेका भैरबी-६, का एक जना युवाको नतिजा पोजेटिभ आएपछि उनलाई खोज्न गएको साधा पोशाकको प्रहरी र जनप्रतिनिधिको टोलिले उक्त वडाको तोरिमुल भन्ने ठाउँमा घरेलु मदिरा उत्पादन गर्दै गर्दाको अबस्थामा फेला पारेको थियो ।
मदिरा उत्पादन गर्दै गर्दा फेला पारेपछी सम्पूर्ण मदिरा र मदिरा उत्पादन गर्ने भाडा तथा कच्चा पदार्थ सबै नष्ट गरिएको वडा अध्यक्ष डिल्लिराम पुरिले जानकारी दिए । साथै अब आइन्दा यसरी अबैध मदिरा उत्पादन नगर्न सबैलाई सचेत गराइएको पनि उनले बताए ।
आज नष्ट गरिएको मदिराको परिणाम ठूलो नभएपनी उक्त मदिरा नष्ट गरिएको कार्यले समाजमा अब आइन्दा यसरी अबैध मदिरा उत्पादन गर्न नहुने बारे सबैलाई सचेतना भएको प्रहरी चौकी पानीपोखरिका इन्चार्ज धनबिर धामिले बताए । पछिल्लो समय चाडपर्व नजिकिदै गर्दा समाजमा शान्ती सुरक्षामा खलल पुर्याउने बस्तुको रुपमा रहेको घरेलु मदिरा नियन्त्रणमा दैलेख प्रहरीले निकै चासो देखाएको छ ।

