
असोज २४, दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका १३ का वडा अध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ । ६५ वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
निमोनिया भएको आशंकामा उनलाई परिवारका सदस्यले गाडीमा राखेर तुलसीपुरस्थित राप्ती प्रादेशकि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छोरा पोषण न्यौपानेले जानकारी दिए ।
छोरा पोषणका अनुसार उनलाई विगत केही दिनदेखि सामान्य खोकी लागेको भएपनि अन्य कुनै समस्या थिएन । त्यसपछि घरमै वडा अध्यक्ष न्यौपानेले आराम गर्दै आएका थिए । न्यौपाने गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

