घरमै बसेर जग्गाको नक्शा प्रिन्ट गर्न र राजस्व बुझाउन सकिने प्रणाली सुरु

  ।   २ बैशाख २०७८, बिहीबार १५:३९

बैशाख २, काठमाडौ ।

अब घरमै बसेर आफ्नो जग्गाको नक्शा प्रिन्ट गर्न र राजस्व समेत बुझाउन पाउने प्रणाली आजबाट सुरु भएको छ ।

नापी विभागले ‘मेरो कित्ता प्रणाली’को सुरुवात गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीेले यो प्रणालीको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधरबार देशबासीका नाममा सम्बोधन गर्दै मेरो कित्ता प्रणाली ल्याउन लागिएको जनाएका थिए ।

जग्गाको नक्शा प्रिन्ट गर्न र राजस्व बुझाउने ‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’ बिहीबारदेखि काठमाडौंका कलंकी, डिल्लीबजार र भक्तपुर नापी कार्यालयमा लागु भएको छ ।

यी तीन स्थानमा सफल भएपछि उपत्यकाका बाँकी कार्यालयमा यसै आर्थिकवर्षभित्र र बाँकी जिल्लामा अर्कोआर्थिक वर्षसम्म विस्तारै प्रयोगमा ल्याइने विभागका महानिर्देशक प्रकाश जोशीले बताएका छन् ।

अब उपभोक्ताले घरबाटै आफ्नो धनीपूर्जाको नक्शा निकाल्न सक्नेछन् भने त्यसका लागि आवश्यक राजश्व समेत घरबाटै तिर्न सक्नेछन् । यसअघि उपभोक्तालाई नापी कार्यालयम गएर घण्टौं धाउनुपर्ने बाध्यता थियो ।

मेरोकित्ता डट कममा उपभोक्ताले आफ्नो लगत समावेश गर्न सक्नेछन् । त्यसपछि लगइन गरेपछि नक्शा प्रिन्छ गर्न र राजश्व तिर्न सकिने महानिर्देशक जोशीले बताए ।

Next Post

बादलको क्षेत्रमा ३५ दिनभित्र उपचुनाव हुने

२ बैशाख २०७८, बिहीबार १५:३९
एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ को  राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । योसँगै रिक्त भएको स्थानमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन […]