कोरोनाका कारण कर्णाली प्रदेशमा थप एक जनाको मृत्यु

  ।   २१ आश्विन २०७७, बुधबार २१:४८

महेन्द्र बिक 

असोज २१, सुर्खेत ।

कोरोना संक्रमणका कारण कर्णाली प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । बिरेन्द्र नगर नगरपालिका-७, निवासी ८२ बर्षिया एक महिलाको बुधबार मृत्यु भएको हो ।

बिगत लामो समयदेखी मधुमेह रोगबाट पिडित उनको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यो सङ्गै कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

Next Post

काममा फर्किए अमेरिकी राष्ट्रपति ट्रम्प

२१ आश्विन २०७७, बुधबार २१:४८
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो नियमित काममा फर्किएका छन् । कोरोना संक्रमण भएपछि ३ दिन अस्पतालमा बसेर डिस्चार्ज भएका ट्रम्प त्यसको २ दिनपछि ह्वाइटहाउस स्थित ओवल अफिसमा पुगेका हुन् । ओवल अफिस पुगेर ट्वीटरमा भिडियो सन्देश दिएका ट्रम्पले आफूमा कुनै स्वास्थ्य समस्या नभएको बताएका छन् । ‘मैले एकदमै […]