काममा फर्किए अमेरिकी राष्ट्रपति ट्रम्प

  ।   २२ आश्विन २०७७, बिहीबार ०७:४२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो नियमित काममा फर्किएका छन् । कोरोना संक्रमण भएपछि ३ दिन अस्पतालमा बसेर डिस्चार्ज भएका ट्रम्प त्यसको २ दिनपछि ह्वाइटहाउस स्थित ओवल अफिसमा पुगेका हुन् ।

ओवल अफिस पुगेर ट्वीटरमा भिडियो सन्देश दिएका ट्रम्पले आफूमा कुनै स्वास्थ्य समस्या नभएको बताएका छन् । ‘मैले एकदमै राम्रो महसुस गरिरहेको छु लाग्छ यो भगवानको कृपा हो,’ ट्रम्पले भिडियो सन्देशमा भने । छिटै सबै अमेरिकीले कोरोना भाइरसको संक्रमणको निशुल्क औषधि पाउनेमा आफू विश्वस्त रहेको समेत उनले बताए ।‘म सबै अमेरिकीको उपचारमा पहुँच पुगेको हेर्न चाहन्छु, त्यसका लागि रेजेनरन फर्मास्यूटिकलले निर्माण गरेका औषधि निःशुल्क वितरण गरिनेछ, ट्रम्पले भने, ‘जुन परीक्षणकै क्रममा भएर पनि मलाई दिइएको थियो ।’

रेजेनरनले उत्पादन गरेको कोरोनाविरूद्धको हजारौँ डोज औषधि लगभग तयार भए पनि त्यसको प्रयोगमा अनुमति नहुँदा बजारमा उपलब्ध नभएको तर छिट्टै त्यसले अनुमति पाउने उनले बताए । यस अतिरिक्त अन्तिम परीक्षणको क्रममा रहेका भ्याक्सिन छिट्टै सफल हुने पनि उनले विश्वास व्यक्त गरे ।

कोरोनाको कुनै लक्षण नदेखिएकाले कार्यालय जान दिइएको हो – चिकित्सक

उनको उपचारमा संलग्न चिकित्सक डा. सिन काँनका अनुसार ट्रम्पमा पछिल्ला चार दिन यता ज्वरो आएको छैन । उनलाई २४ घण्टा यता कोरोनाको कुनै लक्षण नदेखिएकाले कार्यालय जान दिइएको डा. काँनले बताए । कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी पूर्णरूपमा ठीक नहुँदै सोमबार बेलुका ह्वाइट हाउस फर्किएका थिए ।

Next Post

अनसनरत गोबिन्द केसी र सरकारी टोलिबीच वार्ता सुरु

२२ आश्विन २०७७, बिहीबार ०७:४२
काठमाडौं, २२ असोज । सरकार र डा. गोविन्द केसीको टोलीबीच वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ । सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. […]