गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि

  ।   १५ बैशाख २०७८, बुधबार ११:०९

पोखरा । गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो । एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको स्रोतले बतायो ।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाउने तयारी भइरहेको बेला संक्रमणको खबर सार्वजनिक भएको हो । प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ ।

पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक बसाइएको भन्दै मंगलबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।

अविश्वास प्रस्तावमा विहीबार मतदानको तयारी छ । प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने जनाएको छ ।

Next Post

दैलेखमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

१५ बैशाख २०७८, बुधबार ११:०९
आशा काफ्ले बैशाख १५, दैलेख । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट दैलेखमा थप एक जनाको मृत्यु भएको छ। नारायण नगरपालिका–१ बस्ने ७५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए। ती पुरुष मंगलबार जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखमा भर्ना […]