२०८३ जेठ बाजुरा
रानीसैन पर्यटकीय क्षेत्रमा भएको विवादपछि बाजुरावासीले कर्णाली कोरिडोर अवरुद्ध गरेका छन् । मङ्गलबार बाजुराका स्थानीयलाई हुम्लाका खार्पुनाथ गाउँपालिकाका बासिन्दाले गरेको आक्रमणपछि कर्णाली कोरिडोर अवरुद्ध गरेका हुन् ।
झडपमा घाइतेहरुको थप उपचारका लागि गत बुधबार हेलिकोप्टरमार्फत सुर्खेतमा ल्याइएको थियो । बिहीबार बिहानदेखि बाजुरातर्फबाट कोरिडोर बन्द हुँदा एउटा पनि सवारीसाधन हुम्ला जान पाएका छैनन् । हुम्लाका स्थानीयले भने सडक सञ्चालन गर्नका लागि हुम्लाको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीलाई अपिल गर्दै आएका छन्
बाजुराका बासिन्दाले मङ्गलबारको घटनाका चार जना घाइतेको उपचार र आक्रमणकारीमाथि कानुनी कारबाही नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन्।
हुम्लावासीले हिमालीवासीमाथि गरेको आक्रमणको विरोधमा यातायात बन्द गरिएको र आक्रमणकारीमाथि कानुनी कारबाही र घाइतेको स्वास्थ्य उपचार तथा रानीसैन क्षेत्रको जमिनको सत्यतथ्य छानबिन नहुँदासम्म कर्णाली कोरिडोर सडक अवरुद्ध गरिने बताए।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालसहितको एक टोली मङ्गलबार हिमाली गाउँपालिकामा पुगेको थियो । सोही टोलीलाई लक्षित गरेर हुम्लाका स्थानीयले आक्रमण गरेका थिए ।
टोलीमा हिमाली गाउँपालिकका अध्यक्ष गोविन्दबहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की जनप्रतिनिधि, कर्मचारी, सामाजिक अभियन्ता सहभागी थिए। हिमाली गाउँपालिका–३, लाम्पाटा र चियाचौर क्षेत्रलाई हुम्लीवासीले भने विगतदेखि आफ्नो भन्दै दाबी गर्दै आएका छन् ।
बाजुराको सदरमुकाम मार्तडीदेखि करिब १६५ किलोमिटरको दुरीमा हिमाली गाउँपालिका–३, गुम्बागाउँ छ भने त्यहाँबाट करिब तीन घण्टा हिँडेपछि लाम्पाटा आउँछ । लाम्पाटामा अहिले पनि बाजुराका करिब १० जनजाति परिवारको बसोबास छ । हुम्लाका बासिन्दाले अहिले आएर ती घरसमेत हाम्रो हो भन्दै आएका छन् ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले सिमाना विवादको समस्या समाधानका लागि छानबिन भइरहेको बताए। बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले शान्तिसुरक्षा कायम राख्ननका लागि दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीबिच कुरा भइरहेको बताए।
सुदूरपश्चिम प्रदेश सरकारले पनि त्यस क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा संरक्षण गर्ने र त्यस ठाउँमा रहेको अमूल्य जडीबुटी रोकथामका लागि ४० लाख रुपियाँ खर्च गरेर प्रहरी चौकी स्थापना गर्न खोजेको छ तर हुम्लावासीले आफ्नो भूभागमा प्रहरी चौ
