एकीकृत समाजवादीका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश

  ।   २७ कार्तिक २०८१, मंगलवार १९:२५

 

बिष्णु कुमारी जैशी 

कार्तिक-२७, दैलेख ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दैलेखका पूर्व जिल्ला अध्यक्ष जंगबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई कर्णालीका मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले पार्टीमा स्वागत गरेका हुन् ।

मंगलबार दैलेखमा एक कार्यक्रमबिच शाहीसहित समाजवादीका अन्य केही नेता कार्यकर्ताहरू पनि एमाले प्रवेश गरेका छन् । शाही २०७४ मा एमालेबाट महावु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । साथै आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा शाही एमालेबाट महाबु गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्ने चर्चा चलेको छ ।

गत स्थानीय तहको निर्वाचनमा सो गाउँपालिका अध्यक्षमा निर्वाचित लक्ष्मण गुरुङको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । पालिकामा ब्यक्तिगत र राजनीतिक प्रभाव राम्रो बनाएका शाही उम्मेदवार बन्ने चर्चा सँगै चुनावी सरगर्मी बढेको छ । उता नेपाली काङ्ग्रेसले युवा नेता झलक भण्डारी र नेकपा माओवादी केन्द्रले जङ्ग बहादुर बराललाई उम्मेदवारको रुपमा अघि सारेका छन् ।

Next Post

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२७ कार्तिक २०८१, मंगलवार १९:२५
बिष्णु कुमारी जैशी  मङ्सिर-२, दैलेख । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मुल नाराका साथ करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । आन्तरिक राजस्व कार्यालय सुर्खेतको आयोजनामा उद्योग वाणिज्य संघ दैलेखको सभाहलमा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा आय कर, मुल्य कर र अन्त शुल्क कर सम्बन्धी जानकारी गराइएको […]