सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ

  ।   ११ मंसिर २०७७, बिहीबार १०:०१

मंसिर ११, पोखरा ।

मनाङबाट प्रत्यक्ष निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे भनेर चिनिने राजीव गुरुङकी श्रीमती दिक्छेन लामा डाँका चोरी मुद्दामा पक्राउ परेकी छिन्। हेटौंडामा समातिएकी उनलाई प्रहरीले कास्की जिल्ला प्रहरीको हिरासतमा राखेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले दिक्छेनलाई कास्की जिल्ला अदालतबाट बुधबार ७ दिनको म्याद लिई थुनामा राखेको जानकारी दिए। उनले दिक्छेन सांसद गुरुङकी श्रीमती भए नभएको भन्नेबारे खुलाउन चाहेनन्। ‘कसकी श्रीमती हुनुहुन्छ भन्ने त बुझिएकै छैन, वयान लिएपछि मात्रै थाहा होला,’ उनले भने।

दिक्छेनमाथि पोखरा १० रक्षामार्गको एक घरबाट बहुमूल्य धातु डाँकाचोरी गरेको आरोप छ। कात्तिक ८ गते डाँकाचोरी गरेको जाहेरी मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको डिएसपी हमालले जनाए। २० लाख रुपैयाँ जतिका बहुमूल्य धातु र मूर्ति लगायत धनमाल लामाले डाँकाचोरी गरेको आरोप छ।

सांसद मनाङेले भने आफ्नी श्रीमती बदमास भएको प्रतिक्रिया दिएका छन्। उनले श्रीमती दिक्छेन पक्राउ परेको आफ्नो फेसबुक एकाउन्टबाट पुष्टि गरेका छन्।

‘ऊ बदमास हो,’ उनले भने, ‘मैले नै प्रहरीलाई भनेर पक्रन लगाएको हो।’ डेढ महिनादेखि हराइरहेको र पछि माइती हेटौंडाको पदमपोखरी बसेकी छन् भन्ने पत्ता लगाएर आफूले नै प्रहरीलाई खबर गरी पक्रन भनेको उनले सुनाए। ‘मेरो श्रीमती हो भनेर उम्कन दिनुहुन्न,’ सांसद गुरुङले भने, ‘बदमासी गर्नेलाई सख्त कारबाही गर्नुपर्छ, नेताको श्रीमती हो, छोराछोरी हो, दाजुभाइ हो, आफन्त हो भनेर कसैलाई पनि छोड्न हुन्न।’

Next Post

श्रीमानले बलात्कार गरेको भन्दै श्रीमतीले दिइन उजुरी

११ मंसिर २०७७, बिहीबार १०:०१
मंसिर ११, बर्दिया । बर्दियामा एक महिलाले आफ्नै श्रीमान विरुद्ध बलात्कारको उजूरी प्रहरी कार्यालयमा दर्ता गराएकी छन् । उजूरीपछि प्रहरीले बाँसगढी नगरपालिका –९ माछागढका ४४ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । ति पुरुषले आफ्नी ४१ वर्षीय श्रीमतीलाई बलात्कार गरेको आरोप लागेको छ । श्रीमतीले श्रीमानले कुटपिट गरेर बलात्कार गरेको भन्दै […]