गाउँपालिकाले निर्माण गरेको सहिद गेटमा पार्टीको झण्डा

  ।   २६ मंसिर २०७७, शुक्रबार ०७:५०

मनोज डाँगी 

मंसिर २६, सल्यान ।

सहिद व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् । जुन-जुन देशमा सामाजिक, आर्थिक र राजनीतिक क्रान्ति भएका छन त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिना स्वार्थ देशका लागि मानिसले आफ्नो बलिदानी दिएका छन् |आफूलाई आफ्नो राष्ट्रका खातिर होम्न रत्तिभर संकोच वा डर नमानी प्राणार्पण गर्ने वीर वा वीराङ्गानालाई नै वास्तविक अर्थमा ‘सहिद’का नामबाट सम्मान गर्न सकिन्छ।

दार्मा गाउपालिका सल्यानले सहिदको सम्मानको नाममा स्थानीय सरकारको लगानीमा दार्मा फारुलाचौरमा निर्माण गर्न लागेको सहिद प्रवेशद्वार गेटमा सहिद लखन थापाको तस्वीर सहित अन्य सहिदहरुको तस्वीर समेत राखिएको छ। तर निर्माणाधिन सहिद गेटमा नेपालको पहिलो सहिदको थापाको तस्बिर सहित गेटको शिरमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको चुनावी चिन्ह हसिया हथौडालाई समेत राखिएको छ। यस्तो पार्टीको चुनावी चिन्ह राखेको भन्दै सामाजिक संजालमा युवाहरुले चर्को बिरोध गरेका छ्न्।

सहिद गेट निर्माणको नाममा सहिदको अपमान गर्नु स्थानीय सरकारको गैरजिम्मेवारपन नै हो। दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के सि ले यस बिषयमा सामाजिक संजालमा पोष्ट गर्दै (हँसिया हथौडा अंकित शहीदको रगतबाट रक्तरञ्जित अन्तर्राष्ट्रिय लाल झण्डा हाम्रो शान र गौरव हो। शहिदप्रतिको सच्चा सम्मान हो। भन्दै आफ्नो बचाउ समेत गरेका छ्न् तर,
सहिदको नाममा सहिदको अवमूल्यन गर्ने अधिकार कसैलाई नरहेको भन्दै उनको स्टाटसमा थुप्रैले प्रतिक्रिया जनाएका छ्न्।
अध्यक्ष निम बहादुर के.सी.ले लेखेको स्टाटस:-

`किसानको हँसिया र मजदूरको हथौडा अनि
महान् शहीदहरूको रातो रगतले सिञ्चित रक्तरञ्जित अन्तर्राष्ट्रिय लाल झण्डा। श्रमजीवी किसान मजदुर वर्गको यो अन्तर्राष्ट्रिय लाल झण्डाबाट आत्तिनेहरू किसान/मजदुर लगायत श्रमजीवीवर्गको पक्षमा हुन सक्तैनन्।´

Next Post

कोरोनाबाट स्वाजिल्याण्डका प्रधानमन्त्रीको निधन

२६ मंसिर २०७७, शुक्रबार ०७:५०
काठमाडौं, २९ मङ्सिर ।  कोरोना भाइरसबाट संक्रमित स्वाजिल्याण्डका प्रधानमन्त्री एम्ब्रोस डलामिनिको ५२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएको चार सातापछि दक्षिण अफ्रिकाको एक अस्पतालमा उनको निधन भएको हो । स्वाजिल्याण्डको सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा मृत्युको कुनै कारण उल्लेख गरिएको छैन । तर, उनी दक्षिण अफ्रिकामा कोरोनाको […]