पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा फैसला हुँदै

  ।   १३ श्रावण २०८१, आईतवार १६:०१

साउन-१३, काठमाडौ ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको मुद्दामा फैसला हुँदै छ । सर्वोच्च अदालतले पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा यसअघि तोकिएको निसुमा फैसला सुनाउन लागेको हो ।

न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले  २०८१ असार २० गते  दुवै पक्षको सुनुवाइ सकेर निसु तोकेको थियो ।

सर्वोच्चले तत्कालीन समयमा साउन १३ गतेका लागि फैसला सुनाउने मिति तय गरेको थियो । त्यसका लागि असार २१ गतेसम्म बहस नोट पेश गर्न सर्वोच्चले सरकार र विपक्षी कानुन व्यवसायीको नाममा आदेश जारी गरेको थियो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका थिए ।

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो ।

सर्वोच्चले आइतबार उक्त मुद्दा मिले नमिलेको बारेमा निर्णय दिने छ । सर्वोच्चले दोषी ठहर गरेमा उनी उक्त अवधि थुनामा बस्नु पर्ने छ भने तोकिएको सम्पत्ति जफत हुनुका साथै बिगो र जरिवाना बुझाउनुपर्ने छ । यदि सफाइ दिएमा उनले भ्रष्टाचार मुद्दाबाट उन्मुक्ति पाउने छन् ।@रातोपाटीबाट साभार 

Next Post

रुकुममा २३ वर्षिय युवाले गरे ४९ वर्षिया प्रेमिकाको हत्या

१३ श्रावण २०८१, आईतवार १६:०१
साउन-२७, रुकुम पश्चिम ।  ४९ बर्षिया महिलाको हत्या आरोपमा २३ वर्षिय युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं ४ लामचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या गरेको आरोपमा प्रहरीले रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं ११ माथिल्लो सकेंना बस्ने २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरी […]

सम्बन्धित