रुकुममा २३ वर्षिय युवाले गरे ४९ वर्षिया प्रेमिकाको हत्या

  ।   २७ श्रावण २०८१, आईतवार १७:२४

साउन-२७, रुकुम पश्चिम । 

४९ बर्षिया महिलाको हत्या आरोपमा २३ वर्षिय युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं ४ लामचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या गरेको आरोपमा प्रहरीले रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं ११ माथिल्लो सकेंना बस्ने २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार मृतक सुशीला र प्रेमबीच डेढ वर्ष अगाडि जाजरकोट रिम्ना मेलामा चिनजान भएको र त्यतिबेला फोन नम्बर साटासाट गरेर बेला–बेला भेटघाट हुने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार सुशीला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार घाँटीमा सल बेरिएको र अन्य शरीरको भागमा चोटपटक लागेको अवस्थामा उनको शव बरामद गरिएको थियो । घटनाको दिन राती साउन २१ गते राती दुवै जनासँगै बसेको र साउन २२ गते मंगलबार बिहानै उठेर दुवै जना रिम्ना बजार गएर घुमेको प्रहरीले जानकारी दिएको छ ।

दुवै जना सुशीलाकै घरमा आएर बसेको र राति १२ बजेतिर सुशीलाले आफूहरुको सम्बन्धबारे घरमा र गाउँघरका मानिसहरुलाई थाहा पाइसेकको बताउँदै प्रेमलाई आफूसँग विवाह गर्न भनेपछि प्रेमले विवाह गर्न सक्ने अवस्था नभएको बताएका थिए । त्यसपछि तनावमा रहेका प्रेमले मार्ने मनसाय बनाएर फलामको तावा, सिलौटोलगायतका घरेलु हतियारले प्रहार गरेर सलले घाँटी बाँधेर हत्या गरेको खुलेको प्रहरीले प्रहरीले जनाएको छ ।

#पश्चिमपत्र डटकम बाट साभार 

Next Post

आयल निगमका कर्मचारीबिच कुटाकुट हुँदा एकजनाको मृत्यु

२७ श्रावण २०८१, आईतवार १७:२४
भदौ-१४, धनुषा । नेपाल आयल निगम लिमिटेडको धनुषा (महेन्द्रनगर)स्थित शाखा कार्यालयमा कार्यरत दुई कर्मचारीबिच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डिएसपी रञ्जन आबाका अनुसार मृत्यु हुनेमा सिराहा नगरपालिका– ३ का राकेशकुमार बर्मा रहेका छन् । उनको बेल्चा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । कुटाकुटमा […]