अभिनेत्री दिपाशा बिसीको निधन

  ।   २३ कार्तिक २०८०, बिहीबार १४:२५

कर्णालीलाइभ समाचारदाता ।

कार्तिक-२३, काठमाडौ ।

अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज महसुस भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए ।

‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

Next Post

करार र अस्थायी कर्मचारीलाई जथाभावी रुपमा नहटाउन प्रधानमन्त्रीको निर्देशन

२३ कार्तिक २०८०, बिहीबार १४:२५
फागुन-१, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधि विपरीत हचुवाको भरमा कोही पनि करार र अस्थायी कर्मचारीलाई सेवाबाट नहटाउन निर्देशन दिएका छन् । संघ, प्रदेश र स्थानीय तहका मन्त्रालय र निकायहरुबाट जथाभावी करार र अस्थायी कर्मचारी हटाउने क्रम बढेपछि  प्रधानमन्त्रीले रोक्नका लागि निर्देशन दिने निर्णय गरेका हुन् । प्रधानमन्त्रीको निर्णयअनुसार […]