
बिष्णु कुमारी जैशी
साउन-११, दैलेख ।
खोलाले बगाएर दैलेखमा दुई किशोरीको मृत्यू भएको छ। शुक्रबार बिहान गाई–बाख्रा गोठाला गएकी किशोरीहरु छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा खोलाले बगाएर ज्यान गएको हो ।
मृत्यु हुनेमा महाबु गाउँपालिका–३ बाँसीका अन्दाजी १६/१७ वर्षीया फुपू सपना बुढा र भतिजी भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए।
स्थानीयले खोजी गर्दै जाँदा झण्डै सात सय मीटर टाढा सार्कीखेत नजिक सपना र करिब तीन किलोमीटर टाढा कुन्टेताल नजिक भावनाको शव फेला परेको प्रहरीको भनाइ छ।

