कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

  ।   १३ कार्तिक २०७७, बिहीबार १५:२०

१३ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कात्तिक २१ गते पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

यसअघि असोज १९ गते बोलाइएको बैठक केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Next Post

नारायण नगर प्रमुख खड्कालाई कोरोना संक्रमण

१३ कार्तिक २०७७, बिहीबार १५:२०
कार्तिक १३, दैलेख ।  दैलेखको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्का र वडा नं १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले जानकारी दिएका छन् । गत केहिदिन यता रुघाखोकी देखिएपछी बिहीवार उनिहरुको […]