कर्तिक ४, दैलेख ।
दैलेखमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सुर्खेतबाट दैलेखको जम्वुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दुर्घटना हुँदा सवारी चालकको घटनास्थलमै मृत्यु भएको हो ।
कर्णाली राजमार्गको तल्लोडुङ्गेश्वर नजिकै सडकमा रोकिएको टिप्परमा बस ठोक्किदा वीरेन्द्रनगर नगरपालिका घर भएका चालक ललित नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार बसमा सवार १४ जना यात्रु घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेकाे छ ।
बसकाे ब्रेकफेल भएर सडक किनारामा राेकिएकाे टिप्परमा ठाेकिएकाे प्रारम्भीक अनुसन्धानबाट खुलेकाे श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमै रहेकाे श्रेष्ठले जनाए ।
