पूर्व राज्यमन्त्री रायको हत्या

  ।   ७ श्रावण २०८१, सोमबार ०९:११

साउन-६, सर्लाही ।

सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो ।

अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।

Next Post

‘सहमतिको यौन सम्बन्धलाई जबर्जस्ती करणी मानिंदैन’ : उच्च अदालत पाटन

७ श्रावण २०८१, सोमबार ०९:११
सन्दीप-गौशाला घटनाबारे उच्च अदालतको व्याख्या । साउन-८, काठमाडौ । उच्च अदालत पाटनले उमेर पुगेका दुई व्यक्तिबीचको यौन सम्बन्धलाई जबर्जस्ती करणी मान्न नमिल्ने ठहर गरेको छ। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठमा प्रमाण नपुगेका कारण सफाइ दिएको व्याख्या गरिएको छ। न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त […]