जाजरकोट कुशेस्थित एक घरमा आगलागी, १२ बर्षिय बालकको मृत्यु

  ।   २६ फाल्गुन २०८१, सोमबार १४:१४

प्रमिला आर.सी.

फागुन-२५, जाजरकोट ।

जाजरकोट जिल्लाको कुशे गाउँपालिका–८, ग्राक्लीमा आइतबार राति १२ बजे अचानक आगलागी हुँदा १२ वर्षीय बालकको मृत्यु भएको छ ।
स्थानीय जनक रोकायको घरमा लागेको आगोमा जलेर उनका १२ बर्षिय छोरा अमर बहादुर रोकायको मृत्यु भएको छ भने  घर पूर्ण रूपमा नष्ट हुनुका साथै भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुर्याएको छ ।

आगलागी हुँदा अन्य परिवारका सदस्यहरूलाई सकुशल उद्धार गरिएको तर १२ वर्षीय बालकको ज्यान जोगाउन नसकिएको र घटनाको प्रारम्भिक विवरण अनुसार आगलागीमा अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, काठपात र नगद १ लाख २५ हजार रुपैयाँ नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासन र प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएका छन् र आगलागी नियन्त्रण गर्ने काम विहान ४ः१५ बजे सम्पन्न भएको प्रहरीले जानकारी दिएको छ ।

Next Post

उबासंघमा सपथ र पदभार ग्रहण

२६ फाल्गुन २०८१, सोमबार १४:१४
  बिष्णु कुमारी जैशी /दैलेख ।              नवनिर्वाचित अध्यक्ष नरेन्द्रबहादुर थापा दैलेख उद्योग बाणिज्य संघ दैलेखको दशौं अधिवेशनबाट निर्वाचित अध्यक्ष र सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन अधिकृत तथा दैलेख बारका सचिव प्रेमबहादुर थापाले संघको भवनमा एक औचारिक कार्यक्रमका बीच […]