समन्वय प्रमुखसहित पाँच जना जुवाखालबाट पक्राउ

  ।   २ माघ २०७७, शुक्रबार १६:३२

रुकुम पूर्व, माघ २ ।

रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर ओलीसहित प्रहरीले पाँचजनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । रुकुम पश्चिम मुसीकोट नगरपालिका-१, पातुखोलास्थित एक स्थानीयको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला समन्वय प्रमुख बोहरासहित रुकुम पूर्व पृथा उत्तरगंगा गाउँपालिका-५, का २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका वडा नम्बर १० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-७, का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका-१, का ३७ वर्षीय कमललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २५ हजार २ सय रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए । पक्राउ परेकालाई कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ । साभारः नागरिक डटकम ।

Next Post

रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक घाइते

२ माघ २०७७, शुक्रबार १६:३२
  मनोज डाँगी  रुकुम (पूर्व) माघ १३ रुकुम पुर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ। सोमबार राती साढे ९ बजेतिर सिस्ने‐५ को पाथिहाल्नेबाट डोजरको बकेट बोकेर सिस्ने‐५ स्थित रुकुमकोट तर्फ जाँदै गएको लु ४ प ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका सह-चालक इन्द्र बहादुर बुढाथोकीको […]