प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ दुई तिहाईले पास

  ।   २० आश्विन २०७७, मंगलवार १७:१९

२० असोज, काठमाडौं ।

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ ।

यस्तै स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ । प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।

प्रदेशको स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावको प्रमुख विपक्षी कांग्रेसले विरोध गरेको थिय भने सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो । तर मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीप विपरित फ्लोर क्रस गरेका छन् । किनकी प्रदेशसभामा कांग्रेसका १९ सांसद भएपनि विपक्षमा १३ मत मात्र खसेको छ ।

प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् । प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ । #अनलाइनखबर

 

Next Post

जंगलमा बच्चा फाल्ने २ जना विरुद्ध मुद्दा दायर

२० आश्विन २०७७, मंगलवार १७:१९
मनोज डाँगी  असोज २०, सल्यान । सल्यान शारदा नगरपालिका वडा नं ३ घोरुलोटेको जंगलमा २८ दिने बच्चालाई बेवारिसे अवस्थामा फाल्ने शारदा नगपालिका वडा नं-३, बस्ने ३५ बर्षिया शान्ता परियार (बच्चाको आमा) र सोही नगरपालिका वडा नं-२, पानिखोला बस्ने ५० बर्षिय दान बहादुर भण्डारी बिरुद्द जिल्ला अदालत सल्यानमा मुद्दा दायर भएको […]