मनोज डाँगी
असोज २०, सल्यान ।
सल्यान शारदा नगरपालिका वडा नं ३ घोरुलोटेको जंगलमा २८ दिने बच्चालाई बेवारिसे अवस्थामा फाल्ने शारदा नगपालिका वडा नं-३, बस्ने ३५ बर्षिया शान्ता परियार (बच्चाको आमा) र सोही नगरपालिका वडा नं-२, पानिखोला बस्ने ५० बर्षिय दान बहादुर भण्डारी बिरुद्द जिल्ला अदालत सल्यानमा मुद्दा दायर भएको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सल्यानले दुवैजना विरुद्ध आफ्नो संरक्षणमा रहेका व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने कसुरमा मुद्दा दायर गरेको हो। मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-१२ (ज्यान सम्बन्धी कसुर) दफा १८४ अनुुुसार आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने र नवजात शिशु, बालबालिका, अशक्त रोगी वा बृद्ध व्यक्तिलाई आफुले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तब्य भएको ब्यक्तिले निजको जिउ, ज्यानमा खतरा पुग्न सक्ने गरी फाल्न, परित्याग गर्न वा बेवास्ता गरी छोडन हुँदैन भन्ने उल्लेख छ । यस सम्बन्धि थप अनुसन्धान भइ रहेको सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलिले जानकारी दिए ।
