पछिल्लो २४ घन्टामा ३५१७ जनामा कोरोना संक्रमण, ४०९६ जना संक्रमणमुक्त

  ।   १४ कार्तिक २०७७, शुक्रबार १६:३३

१४ कात्तिक, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।

Next Post

प्रचण्ड बालुवाटार नजानुको रहस्य खुल्यो

१४ कार्तिक २०७७, शुक्रबार १६:३३
काठमाडौं, कात्तिक १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक सातादेखि कोभिड १९ को ‘कन्टयाक्ट ट्रेसिङ’ मा परी होम आइसोलेसनमा बसेका छन् । आइसोलेसनमा रहेकै कारण बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष भेट हुन नसकेको अध्यक्ष प्रचण्डको सचिवालयले स्पष्ट गरेको हो । नेकपा […]