पूर्वसभामुख महराकी पत्नीको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन

  ।   १९ कार्तिक २०७७, बुधबार ०८:११

काठमाडौं, १९ कात्तिक । 

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको उपचारका क्रममा आज बिहान ६ं : ३० बजे मृत्यु भएको छ ।
कोरोना पोजेटिभ देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं पुर्‍याइएको थियो।

Next Post

अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु, बाइडनको अग्रता

१९ कार्तिक २०७७, बुधबार ०८:११
एजेन्सी/वासिङटन । विश्वको ध्यान तानेको अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ। कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो। हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन्। ५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा बाइडनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने […]