आज गुरु पूर्णिमा, गुरुप्रति सम्मान प्रकट गरेर मनाइँदै

  ।   १८ असार २०८०, सोमबार ०८:४१

असार-१८, सुर्खेत ।

आज गुरु पूर्णिमा । असार शुक्ल पूर्णिमाका दिन हरेक वर्ष गुरु पूर्णिमा मनाउने गरिन्छ ।

आजको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।

आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद‍्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

Next Post

दुनियाँकै महँगो गोलभेंडाको बियाँ, एक किलोको मूल्य साढे ४ करोड रुपैयाँ

१८ असार २०८०, सोमबार ०८:४१
कहिलेकाहीँ बजारमा एक्कासी मूल्य वृद्धि हुने गरे पनि गोलभेंडा आम रुपमा अन्य तरकारीहरु भन्दा केही सस्तो मूल्यमै पाइन्छ । तर सबै गोलभेंडा कहाँ सस्तो हुन्छन् र ? दुनियाँमा एउटा यस्तो गोलभेंडा छ जसको बियाँ करोडौंमा बिक्दछ । बीउ बिजन उत्पादन गर्ने अमेरिकी कम्पनी हेजेरा जेनेटिक्सले यस्तो खाले गोलभेंडाको बीउ विकास […]