दुनियाँकै महँगो गोलभेंडाको बियाँ, एक किलोको मूल्य साढे ४ करोड रुपैयाँ

  ।   १८ असार २०८०, सोमबार १०:२९

कहिलेकाहीँ बजारमा एक्कासी मूल्य वृद्धि हुने गरे पनि गोलभेंडा आम रुपमा अन्य तरकारीहरु भन्दा केही सस्तो मूल्यमै पाइन्छ । तर सबै गोलभेंडा कहाँ सस्तो हुन्छन् र ? दुनियाँमा एउटा यस्तो गोलभेंडा छ जसको बियाँ करोडौंमा बिक्दछ ।

बीउ बिजन उत्पादन गर्ने अमेरिकी कम्पनी हेजेरा जेनेटिक्सले यस्तो खाले गोलभेंडाको बीउ विकास गरेको छ जुन सुनभन्दा पनि महँगो छ ।

कम्पनीको विशेष खाले समर सन गोलभेंडाको बीउको माग युरोपेली बजारमा आश्चर्यजनक रुपमा उच्च छ । यो बहुमूल्य गोलभेंडाको बीउको बियाँ प्रतिकिलो साढे ४ करोड रुपैयाँ भन्दा पनि धेरैमा बिक्री हुन्छ । यति मूल्यमा त ४ किलोभन्दा धेरै सुन खरिद गर्न सकिन्छ ।

यो गोलभेंडा महँगो हुनुमा पनि खास कारण छ । वास्तवमा यो गोलभेंडाका हरेक बीउबाट उम्रिने बिरुवाले २० किलोसम्म गोलभेंडा उत्पादन गर्न सक्दछ । यो गोलभेंडाको पहिचान भन्नु नै यसका दानाहरुमा बीउ हुँदैन । अर्थात् किसानहरुले हरेक पटक बाली लगाउँदा यसको बीउ खरिद गर्नुपर्दछ । त्यसैले बीउ भएको गोलभेंडाको दाना निकै दुर्लभ हुने भएकाले यो बहुमूल्य भएको हो ।

अत्यन्तै उच्च मूल्यका बाबजुत पनि यो गोलभेंडा खानका लागि असाधारण स्वादयुक्त छ । हाजेरा कम्पनी सर्वोत्तम गोलभेंडाको बीउ उत्पादनका लागि समर्पित छ । यसका लागि उसले अनुसन्धान, उत्पादन, प्रोसेसिंग, गुण नियन्त्रणका साथै गुणस्तरमा आफ्नो दक्षता र प्रभावकारितालाई प्रथमिकता दिन्छ ।

Next Post

टाउको नचिरी मस्तिष्कघातको उपचार सम्भव छ ?

१८ असार २०८०, सोमबार १०:२९
तथ्यांकले देखाउँछ, ‘विश्वमा प्रति ४० सेकेन्डमा एक जना स्ट्रोक (मस्तिष्कघात) हुने गरेको छ ।’ त्यस्तै प्रत्येक ४ व्यक्तिमा एक जना कुनै न कुनै समयमा स्ट्रोकबाट पीडित हुने देखिएको छ । विश्वमा हृदय रोगपछि मृत्युको दोस्रो कारण हो, मस्तिष्कघात । दीर्घकालिन रुपमा अशक्त बनाउने पहिलो कारण मस्तिष्कघातलाई मानिन्छ । ससर्ती सुन्दा […]