कांग्रेस नेता आचार्य मन्त्री नियुक्त

  ।   २४ बैशाख २०८०, आईतवार १०:२६

बैशाख-२४, काठमाडौ । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनको आजै साढे १२ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण कार्यक्रम हुँदैछ ।

आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ ।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु-२ बाट विजयी भएका थिए । यसअघि बिहीबार कांग्रेसबाटै धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बु मन्त्री नियुक्त भएका थिए ।

Next Post

नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिक पक्राउ

२४ बैशाख २०८०, आईतवार १०:२६
बैशाख-२४, काठमाडौ । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे विस्तृत जानकारी दिन उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ । आरोपीहरुसँग भारतीय […]