नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिक पक्राउ

  ।   २४ बैशाख २०८०, आईतवार १०:३१

बैशाख-२४, काठमाडौ । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे विस्तृत जानकारी दिन उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ ।

आरोपीहरुसँग भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  पक्राउ परेकाहरु नेपालमा ब्यापार व्यवसाय गर्दै आएका थिए ।

Next Post

विद्युत प्राधिकरणले काटिदियो प्रादेशिक अस्पताल जनकपुरको विजुली

२४ बैशाख २०८०, आईतवार १०:३१
वैशाख-२४, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको विद्युत लाइन काटिदिएको छ । प्राधिकरणको जनकपुर वितरण केन्द्रले  आइतबार दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटेको हो । मधेशकै ठूलो यो अस्पतालले प्राधिकरणलाई विजुलीवापतको १ करोड २० लाख रुपैयाँ महसुल तिर्न बाँकी छ । पटक पटक लिखित मौखिक ताकेता गर्दा […]