तत्काल लकडाउन गर्ने योजना छैन : स्वास्थ्य मन्त्रालय

  ।   १७ आश्विन २०७७, शनिबार ०८:५७

काठमाडौं, १७ असोज ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभर २५ हजार सक्रिय सङ्क्रमित पुगे पनि लकडाउन नगर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल लकडाउन गर्ने योजना नभएको स्पष्ट पार्नुभयो । गएको ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार जना सक्रिय सङ्क्रमित भए सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै लकडाउनको सिफारिस गर्ने निर्णय गरेको थियो ।

सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि निजी स्वास्थ्य संस्था र होटलमा राख्ने योजना सरकारको छ । सरकारले गएको चैत ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन तथा भदौ ४ गतेदेखि अन्तिम हप्तासम्म काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरेको थियो । `देशमा फेरि पनि लकडाउन गर्ने योजना रहेको छैनु´ गौतमले भन्नुभयो, अहिलेकै अवस्थामा सङ्क्रमित बढ्न थालेपछि सरकार संरचनाले थेग्न नसक्ने भनेको मात्र हो ।

यसैबीच, शुक्रबार नै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिसँग भेटी लकडाउन तत्काल नहुने भन्दै हल्लाको पछि नलाग्न अनुरोध गर्नुभयो । व्यवसायीहरुले बिस्तारै उद्योगधन्दा खुल्न लागेका अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको बताएका छन् ।

Next Post

खुल्न थाले प्राविधिक शिक्षालय

१७ आश्विन २०७७, शनिबार ०८:५७
रुकुम पश्चिम । कोरोना भाइरसको कारण लामो समयसम्म बन्द भएका रुकुम पश्चिमका प्राविधिक शिक्षालयहरु खुल्न थालेका छन् । स्वास्थ्य सतर्कता अपनाई बिद्यालयहरु सञ्चालन गर्न थालिएको सम्वन्धित ब्यक्तिहरुले जानकारी दिएका छन् । रुकुम पश्चिमकै पुरानो अनि एक मात्र बहु आयामिक शैक्षिक संस्था टि.एन.टी. टेक्निकल कलेज लामो समयदेखि कोरोना प्रभावका कारण बन्द […]