आफ्नै छोरी बलात्कार गर्ने बाबू पक्राउ

  ।   २३ मंसिर २०७७, मंगलवार १४:४७

मंसिर २३, दैलेख ।

दैलेखमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बावु पक्राउ परेका छन् । ३८ वर्षीय ति बावुले आफ्नै १४ वर्षीया छोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी उनले आफ्नै छोरीलाई बलात्कार गरेको बुझिएकाे छ ।

गत शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ आफ्नै छोरीमाथि बलात्कार गरेको गोप्य सूचनाका आधारमा बावुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।

यस विषयमा मुद्धा दर्ता भइ दैलेख जिल्ला अदालतबाट म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको डिएसपि श्रेष्ठले बताए ।

Next Post

कालिकोटमा विप्लवको समानान्तर सत्ता : जनअदालत समेत गठन

२३ मंसिर २०७७, मंगलवार १४:४७
जिल्लास्तरमा ११ सदस्य सुरक्षा विभाग गठन मंसिर २५, कालिकोट । जिल्लाका ९ वटै स्थानीय तहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ता (जनसरकार) घोषणा गरेको छ। जिल्लाका तीन नगरपालिका र ६ गाउँपालिकामा जनसरकार घोषणा गरेको हो। नेकपा कालिकोटका सेक्रेटरी मनीलाल ऐडी रणदीपले सरकारले स्थानीय निर्वाचन गठन गरेको स्थानीय सरकारको […]