नेकपा एसका कर्णाली प्रदेश सदस्य तथा भगवतीमाई गाउँपालिका अध्यक्ष थापा एमाले फर्किँदै

  ।   १८ चैत्र २०७८, शुक्रबार १०:११

दैलेख ।

दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्कने भएका छन् । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका अध्यक्ष थापाले एसको कार्यक्रममा सहभागिता जनाउन समेत छोडेका छन् ।

‘केहि दिनमा प्रदेश राजधानीमा हुने एक कार्यक्रममा उहाँ एमालेमा फर्कने निश्चित भएको छ ।’ एमाले स्रोतले भन्यो, ‘उहाँ फर्किएपछि भगवतीमाई गाउँपालिकामा नेकपा एमालेको संगठन थप बलियो हुने र आगामी निर्वाचनमा एमालेकै जीत सुनिश्चित हुनेछ ।’

अध्यक्ष थापा एमालेमा फर्कने भएपछि एमालेका कार्यकर्ता उत्सािहत भएका छन् । अध्यक्ष थापा मात्रै नभई सोही पालिकाका वडाअध्यक्षहरु समेत एमालेमा फर्कने भएका हुन् ।

‘अध्यक्ष ज्यूले सुरुमा पनि समाजवादीमा नजाने योजना बनाउनु भएको थियो । विविध कारणले उहाँ उता सनाखत गर्न पुग्नु भएको हो ।’ अध्यक्ष थापा निकट स्रोत भन्छ, ‘समाजवादीमा गएपनि उहाँ कुनैपनि कार्यक्रममा सहभागि हुनु भएको छैन । उहाँ एमालेमा फर्कने निश्चित भइसकेको छ तर कति फर्कने भन्ने बारेमा भने सल्लाह भइसकेको छैन ।’

अध्यक्ष थापा २०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार भइ निर्वाचित भएका थिए । नेकपा एस समाजवादीमा सनाखत गरेका दैलेखको भगवतिमाई गाउँपालिकाका केही वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यसहित एमालेमा आज फर्किने भएका छन् ।

वेस्तडा बजारमा आज आयोजना गरिएको आमसभामा उनीहरुलाई प्रवेश गराउन लागिएको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले बताए । उनका अनुसार गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा चैत २० गते पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।

Next Post

`केही दिन बाटो बिराए पनी अब एमालेमै रहेर जनताको सेवामा खट्छु´ अध्यक्ष थापा

१८ चैत्र २०७८, शुक्रबार १०:११
दैलेख । नेकपा एसका कर्णाली प्रदेश कमिटी सदस्य तथा दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किएका छन् । थापा २०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनी पछिल्लो समय नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज थिए । थापालाई एमाले कर्णाली प्रदेश अध्यक्ष […]