
कार्तिक ११, बाके ।
बाके जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणमा निरन्तर लागिपरेका उनलाई आज संक्रमण पुष्टि भएको बताइएको छ । उनले आफुलाई संक्रमण भएको सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।
सामाजिक संजालमा स्ट्याटस राख्दै कुरुम्बाङले `कोरोना सङ्ग लड्दा लड्दै म आफै संक्रमीत हुन पुगेको छु, मेरो सम्पर्कमा रहनु भएकाहरु सतर्क रहनुहोला´ लेखेका छन् । कोरोना संक्रमण भएपनी उनको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ ।
