नेपालमा अब कोरोनाका सक्रिय संक्रमितको संख्या ८ हजार ८४० जना मात्र

  ।   ४ पुष २०७७, शनिबार १७:२०

पौष ४, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ७१० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ।

यस्तै शनिबार १ हजार १७५ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७७७ पुगेको मन्त्रालयले जनाएको छ। शनिबार मात्र कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। यस्तै अहिले ४२१ जना क्वारेन्टिन र ८ हजार ८४० जना आइसोलेसनमा रहेका छन्। नेपालमा हालसम्म कुल १८ लाख ६६ हजार २१० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

Next Post

औसधि ब्यबसायी संघ दैलेखको जिल्ला शाखा गठन, अध्यक्षमा मल्ल, महासचिवमा अमृत प्याकुरेल

४ पुष २०७७, शनिबार १७:२०
  पौष ४ दैलेख । नेपाल औसधि ब्यबसायी संघ दैलेखको प्रथम जिल्ला शाखा स्थापना तथा घोषणा सभा सम्पन्न भएको छ । संघको बिधान २०३० र संशोधित बिधान २०७५ बमोजिम देशका ७७ वटै जिल्लामा जिल्लास्तरीय तथा ७ वटै प्रदेशमा प्रदेशस्तरिय शाखा स्थापना गर्ने  उद्देश्यका साथ शनिबार दैलेख जिल्लामा पनि उक्त शाखा […]