चुनावविरुद्धको रिट दरपीठ गर्दै सर्वोच्चले भन्यो– पहिलो चरणको चुनावकै आधारमा कार्यकाल गणना

  ।   २६ माघ २०७८, बुधबार १७:१६

माघ २६, काठमाडौ ।

वैशाख ३० गते स्थानीय निर्वाचन गर्दा आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै एक मेयरले दायर गरेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

निर्वाचन मिति बदर गराउन माग गर्दै महोत्तरीको भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीवकुमार साहले दायर गरेको रिट बुधवार सर्वोच्च अदालतले दरपीठ गरिदिएको हो ।

`निर्वाचन गर्नेगरी भएको निर्णयले निवेदकको नगर प्रमुखको ५ वर्षको कार्यकाल घटाउने प्रबल सम्भावना रहेको भनी निवेदन लिई आएकोमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ समेतका रिट आधारमा दर्ता गर्न मिलेन,’ रजिष्ट्रार नारायणप्रसाद पन्थीले निवेदन दरपीठ हुनुको कारण खुलाउँदै लेखेका छन् ।

‘स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४(४) मा उपदफा २ बमोजिम अलग-अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा (१) बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिने छ भन्ने प्रावधान रहेको,’ सर्वोच्चले दरपीठको कारण खुलाउँदै भनेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग समेतलाई विपक्षी दायर रिटमा साहले संविधानले तोकेको आफ्नो कार्यकाल घटाउन नमिल्ने जिकिर गरेका थिए ।

‘म निवेदकले नगर प्रमुखको पदबाट राजीनामा पनि गरेको छैन, मेरो कार्यकाल २०७९ असोज ६ गतेसम्म कायम रहेको अवस्थामा संविधानको धारा २१६(६)बमोजिम संघीय संसद् समेतले घटाउन नसक्ने अवस्थामा सरकारले मेरो कार्यकालको अवधि घटाउन मिल्दैन,’ रिटमा भनिएको थियो ।’

Next Post

पश्चिम दैलेख जोड्ने पुलको शिलान्यास

२६ माघ २०७८, बुधबार १७:१६
६ फागुन, दैलेख । दैलेखको क्षेत्र नम्वर १ र २ जोड्ने महत्वकांक्षी पुलको शिलान्यास भएको छ। नारायण नगरपालिका ९ र दुल्लुनगर पालिका ११ को सिमाना छामघाट खोलामा चुप्रा–कालभैरव मोटोरेबल पुलको शिलान्यास गरिएको हो। दुल्लु र नारायण नगरको सिमाना छामघाट खोलास्थित कइलकुनामा पक्कि पुलको शिलान्यास निर्वाचन क्षेत्र २ (क) का प्रदेश […]