पश्चिम दैलेख जोड्ने पुलको शिलान्यास

  ।   ६ फाल्गुन २०७८, शुक्रबार १८:४७

६ फागुन, दैलेख ।

दैलेखको क्षेत्र नम्वर १ र २ जोड्ने महत्वकांक्षी पुलको शिलान्यास भएको छ। नारायण नगरपालिका ९ र दुल्लुनगर पालिका ११ को सिमाना छामघाट खोलामा चुप्रा–कालभैरव मोटोरेबल पुलको शिलान्यास गरिएको हो।

दुल्लु र नारायण नगरको सिमाना छामघाट खोलास्थित कइलकुनामा पक्कि पुलको शिलान्यास निर्वाचन क्षेत्र २ (क) का प्रदेश सांसद सुशील थापा, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी लगायत जनप्रतिनिधिले संयूक्त रुपमा शिलान्यास गरेका हुन्। दुल्लु क्षेत्र हुँदै पश्चिम दैलेख जान पुल निर्माणपछि निकै सहज हुने छ।

कर्णाली प्रदेश सरकारले ४ करोड ५७ लाख रुपैँया लागतमा पूर्वाधार विकास कार्यालय दैलेख मार्फत पुल निर्माण गर्न थालेको हो। पुलको ११ मिटर चौडाई र ५० मिटर लम्वाई स्टिमेट रहेको छ। सपना आर.वी जेभीले पुल निर्माणको ठेक्का पाएको हो।

पुलको काम धेरै गरेको उक्त कम्पनीले समयमै काम सकेर धेरै पुरस्कृत समेत भईरहेको छ। तोकिएको समयभन्दा छिटो पुल निर्माण सकिने लक्ष्य राखिएको सपना/आर.वी जेभीका प्रोप्राईटर रुपक थापाले बताए। ‘पुल निर्माणमा सवै तिर समय अगावै सम्पन्न भएका छन्।’ सपना÷आर.वी जेभीका प्रोपराईटर थापाले भने, यो पुल पनि सवैको सहयोग रह्यो भने कुनै पनि हालतमा दुई वर्षभित्र सक्ने लक्ष्य राखेका छौं।’

Next Post

उता गायिका रचना रिमाल मुसुक्कै, यता जिल्ला प्रशासन कार्यालय अछाम भुसुक्कै

६ फाल्गुन २०७८, शुक्रबार १८:४७
फागुन ९, अछाम । अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहित गोकर्ण प्रसाद उपाध्याय जिल्ला प्रशासन कार्यालय अछाममा हाजिर भएसँगै आम नागरिकलाई सहज सूचना दिन जिल्ला प्रशासन कार्यालय अछाम नामको फेसबुक आइडी सक्रिय रह्यो । सामाजिक सञ्जाल फेसबुक मार्फत नै जिल्ला प्रशासन कार्यालय अछामले गर्ने काम कार्वाहि, प्रशासन कार्यालय अछामले गरेका […]

सम्बन्धित