माओवादी स्थायी समितिको बैठक सकियो, ओली सरकारलाई दिएको समर्थन कायमै

  ।   ७ बैशाख २०७८, मंगलवार १८:२०

७ बैशाख, काठमाडौ ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बसेको स्थायी समिति बैठकले आज पनि सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय भएन ।
माओवादी बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल गर्दै आएपनि निर्णय भने गर्न नसकेको हो ।
बैठकपछि नेता देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि कुनै निर्णय नभएको बताए । बैठक भोलिपनि बस्नेछ । #ratopati.com

Next Post

ओली-ठाकुरबीच `फाइनल डिल´ हुँदै, जसपा बिभाजनको संघारमा

७ बैशाख २०७८, मंगलवार १८:२०
८ बैशाख, काठमाडौं । अहिलेको त्रिशंकु संसद्‌मा निर्णायक खेलाडीका रुपमा रहेको जनता समाजवादी पार्टीभित्रको कलह चर्किएको छ। ओली सरकारसँग साझेदारी गर्ने कि विपक्षीसँग मिलेर नयाँ सरकार बनाउने विषयमा पार्टीभित्र विवाद चर्किएको छ। आन्तरिक विवादबीच नै  जसपाका अध्यक्ष महन्थ ठाकु र राजेन्द्र महतोसँग बालुवाटारको सम्वाद भने बाक्लिँदै गएको छ। मंगलबार पनि […]