एघार देशमा को को बन्दैछन् राजदूत ?

  ।   १ जेष्ठ २०७८, शनिबार ११:२८

काठमाडौ ।

सरकारले ११ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ ।  परराष्ट्र मन्त्रालयले रिक्त राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको हो ।

श्रीलंका, डेनमार्क, अष्ट्रिया, इजिप्ट, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल र साउदी अरेबियाका लागि राजदूतको सिफारिस गरिएको हो । उनीहरूको नाम संसदीय सुनुवाइका लागि संसद्‌ सचिवालयमा पठाइएको छ ।

राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ अनुसार ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने भनिए पनि यस पटक परराष्ट्र सेवाबाट दुई जनामात्रै सिफारिस भएका छन् ।

सिफारिस भएका व्यक्तिहरु :-

१. कुलप्रसाद नेपाल (ब्राजिल)

२. जंगबहादुर चौहान (रूस)

३. नारायणप्रसाद संग्रौला (बर्मा)

४. कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया)

५. मेराज मुसलमान (साउदी अरेबिया)

६. सुम्‍निमा तुलाधर (अष्ट्रेलिया)

७. रमेशचन्द्र पौडेल (श्रीलंका)

८. निर्मलराज काफ्ले (अष्ट्रिया)

९. युवराज कार्की (बहराइन)

१०. जीवनप्रकाश श्रेष्ठ (इजिप्ट)

११. सुमित्रा सुवेदी (डेनमार्क)

Next Post

दैलेखमा स्वास्थ्य सामग्री हस्तान्तरण

१ जेष्ठ २०७८, शनिबार ११:२८
दैलेख । स्वास्थ्य सेवा कार्यालय दैलेखलाई केही स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग र कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको उक्त  सामग्री आज हस्तान्तरण गरिएको हो । कर्णाली  प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक रविन खड्काले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सेवा विभागबाट […]