रुकुममा जिप दुर्घटना, ४ जनाको मृत्यु

  ।   १२ मंसिर २०७७, शुक्रबार २१:२६

मनाेज डाँगी

मंसिर १२, रुकुम पश्चिम

रुकुम पश्चिमको आठबिसकाेट नगरपालिका ८ दाजेमा जन्ति बाेकेकाे जिप दुर्घटना हुँदा चार जनाकाे घटनास्थलमै ज्यान गएको छ ।

आज साँझ राडिबजारबाट जन्ति बाेकेर गएको रा १ झ ५८९ नम्बरकाे जीप राेकेर राखेको समयमा चिप्लिएर दुर्घटना भएको स्थानीयबासिले बताएका छन्। गाडीबाट मान्छेहरु झर्दै गरेको समयमा आज साझ ७ : ४५ बजेको समयमा ८ नम्बर वडाको दाजेमा गाडी दुर्घटना भएको हाे ।

घटनामा १ जना घाइते भएका छन् । मृतकहरु वडा नम्बर ८ र ७ का रहेका छन्, उनिहरुको परिचय खुलिसकेको छैन ।  प्रहरी घटनास्थल भर्खरै पुगेकाे हुँदा थप विवरण आउन बाँकी छ ।

Next Post

रोल्पामा दुई पुरुषको शव फेला

१२ मंसिर २०७७, शुक्रबार २१:२६
मंसिर १३, रोल्पा । रोल्पामा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित जीलाखोलामा शव फेला परेको हो । पहिचान नखुलेका उनीहरुको शव करिव ४ मिटरको फरकमा फेला परेको रोल्पाका प्रहरी प्रमुख उपरीक्षक नरेश सुवेदीले बताए । प्रारम्भिक अनुसन्धान अनुसार […]