पूर्व राजा-रानी अस्पताल भर्ना

  ।   ११ बैशाख २०७८, शनिबार १७:५३

बैशाख ११, काठमाडौं

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्।

छोरी प्रेरणा शाहसहित उनीहरु शनिबार दिउँसो १ बजे अस्पतालमा भर्ना भएका अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए।  उनका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरु भर्ना भएका हुन्।

केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो । कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

Next Post

अक्सिजन आपूर्तिमा अवरोध सिर्जना गर्नेलाई फाँसी दिन दिल्ली हाइकोर्टको आदेश

११ बैशाख २०७८, शनिबार १७:५३
एजेन्सी। भारतमा अक्सिजन आपूर्तिमा कुनै पनि निकाय तथा व्यक्तिले अवरोध गराए फाँसी दिने आदेश जारी भएको छ । दिल्लीस्थित हाईकोर्टले एक अस्पतालले दायर गरेको उजुरीमा सुनुवाई गर्दै फाँसी दिने आदेश जारी भएको भारतीय समाचार माध्यमहरुले बताएका छन् । न्यायाधीसद्वय जस्टिस विपिन साँघी र जस्टिस रेखा पल्लीको इजलासले अक्सिजन आपूर्तिमा अवरोध […]

सम्बन्धित