असम्बन्धित स्थानको भ्रमण गरि चार लाख बढी रकम स्वाहा

  ।   २६ जेष्ठ २०८०, शुक्रबार १०:१४

जेठ-२६, दैलेख । दैलेख जिल्लाको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले असम्बन्धित स्थानको भ्रमण गरी ४ लाखभन्दा बढी रुपैयाँ अनियमितता गरेका छन् ।

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले कामकाज बेगर लुम्बिनी, मुस्ताङ, बाग्लुङ, रुकुम पूर्व तथा जाजरकोट भ्रमण गरी ४ लाख २२ हजार ४२० रुपैयाँ अनियमितता गरेका हुन् ।

भ्रमण खर्च नियमावली, २०६४ अनुसार सरकारी कामको सिलसिलामा कार्यालयभन्दा बाहिर भ्रमण वा काजमा खटिएका पदाधिकारी तथा कर्मचारीले भ्रमण खर्च पाउने उल्लेख गरिए पनि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले असम्बन्धित स्थानको भ्रमण गरी सरकारी सम्पत्ति अनियमितता गरेका हुन् ।

महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदन २०७९ अनुसार प्रयोजन बेगर लुम्बिनी, मुस्ताङ, बाग्लुङ, रुकुम पूर्व तथा जाजरकोट भ्रमण गरेको ४ लाख २२ हजार ४२० रुपैयाँमा अनियमितता देखिएको छ।

नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले आफूले महालेखा परीक्षणको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अध्ययन नगरेकाले थप कुरा पछि गर्ने बताए।

Next Post

आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

२६ जेष्ठ २०८०, शुक्रबार १०:१४
जेठ-२९ काठमाडौ । आज पनि प्रतिनिधि सभा बैठक बस्दै छ ।दिउँसो १ बजे बस्ने बैठकमा बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ । यहि जेठ १५ गते पेश भएको बजेटमा प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएको थियो । बजेटको छलफल आइतबार सकिएको थियो । छलफलका क्रममा सांसदले […]