
काठमाडौं, मंसिर २१ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिएका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा आजबाट सुरु भएको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र बाचन गरेर सुनाएका थिए। प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार ओलीले आफ्नो पत्रमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा छलफल गर्न नसक्ने आफ्नो मान्यता रहेकाले बैठकमा आउन नसक्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव छलफल गर्न लायक नरहेकोले सो प्रस्तावमाथि छलफल हुने बैठकमा आफू सहभागी नहुने जानकारी बैठकलाई गराएका हुन् । ओलीले आफ्नो अनुपस्थितिको कारण जनाउँदै अफ्नो पूर्वमान्यता अनुसारनै अध्यक्ष प्रचण्डको प्रस्तावलाई बैठकमा औपचारिक रुपमा छलफल गर्न नमिल्ने धारणा रहेकोले बैठकमा नआएको जानकारी दिएको प्रवक्ता श्रेष्ठले बैठकपछि जानकारी गराए ।
प्रधानमन्त्रीले बैठकमा पठाएको पत्र …



