बङ्गालको खाडीमा शक्तिशाली सामुद्रिक आँधी, चेन्‍नईमा भीषण वर्षा

  ।   १० मंसिर २०७७, बुधबार ०९:२७

मंसिर १०, एजेन्सी ।

भारतस्थित बङ्गालको खाडीमा निवार नामको शक्तिशाली चक्रवात विकसित भएको छ । जसका कारण पछिल्लाे २४ घण्टामा तमिलनाडु राज्यको राजधानी सहर चेन्‍नईमा भीषण वर्षा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको मौसम विभागले यस आँधीले खतरनाक रुप लिने अनुमान गरेको छ । विभागका अनुसार सामुद्रिक आँधी बुधबार साँझ तमिलनाडु र पुडुचेरीको तटमा बज्रिने अनुमान गरिएको छ ।

भारतीय मौसमविद्का अनुसार यसको गति प्रतिघण्टा सयदेखि डेढ सय किलोमिटरसम्म हुने अनुमान छ । आँधीले पुर्‍याउन सक्ने क्षति न्यूनीकरण तथा उद्धारका लागि तमिलनाडु र आन्ध्र प्रदेशमा १२ सय उद्धार टोली तैनाथ गरिएको छ ।

आँधीको त्रासले रेल सेवा पनि बन्द गरिएको दैनिक भास्करले जनाएको छ । तमिलनाडुका पूर्व मुख्यमन्त्री करुणानिधिको घर समेत पानीले भरिएको छ ।

Next Post

लैङ्गिक हिंसा अन्त्यका लागि व्यबहार परिवर्तन आवश्यक

१० मंसिर २०७७, बुधबार ०९:२७
मंसिर १०, दैलेख । जिल्लाका सरोकारवालाहरुले लैङ्गिक हिंसा अन्त्यका लागि व्यवहार परिवर्तनमा जोड दिएका छन् । एभरेष्ट क्लबद्धारा आयोजित लैङ्गिकता सम्बन्धि सामाजिक मुल्य र मान्यताहरु तथा घरायसी कार्यको समान व्यवहार सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले समाजमा भईरहेका लैङ्गिक हिंसा अन्त्यका लागि व्यवहार परिवर्तनमा जोड दिएका हुन् । कार्यक्रममा नारायण नगरपालिका–७ का […]