बाराक ओबामालाई बेलायतका लागि राजदूत बनाउने बाइडेनको तयारी

  ।   २५ कार्तिक २०७७, मंगलवार १७:५९

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति बाराक ओबामालाई महत्वपूर्ण कुटनीतिक जिम्मेवारी दिने तयारी गरेका छन् ।ओबामाको कार्यकालमा उपराष्ट्रपति रहेका बाइडेनले ओबामालाई बेलायतका लागि राजदूतमा नियुक्त गर्न लागेको बेलायती अखबार द एक्प्रेसले जनाएको छ ।

राष्ट्रपतीय जिम्मेवारी लिने वित्तिकै ओबामालाई बेलायतका लागि राजदूत नियुक्त गर्ने बाइडेनको योजना रहेको समाचारमा उल्लेख छ ।डेमोक्रेटिक उम्मेदवार बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् ।

उनले आगामी जनवरीमा ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् ।कुटनीतिमा माहिर ओबामा राजदूतका रुपमा बेलायत गए बेलायती प्रधानमन्त्री बोसि जोहनसनका लागि भने मुस्किल पर्नसक्ने विश्लेषण गर्न थालिएको छ । किनभने दुई देशबीच ब्रक्जिट व्यापार सम्झौतालाई लिएर शीतयुद्ध चलिरहेको छ ।

Next Post

कोरोनाकालमा धितो लिलामी, २ हजार ऋणी कालोसूचीमा

२५ कार्तिक २०७७, मंगलवार १७:५९
२५ कात्तिक, काठमाडौं । पाल्पा स्थायी घर भएका एक व्यवसायी दसैँअघि हातमा पत्र बोकेर नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग पुगे । लकडाउनमा ऋणको किस्ता बुझाउन नसकेको र २ महिनाअघि केही रकम बुझाउँदा समेत एनआईसी एशिया बैंकले आफ्नो घर नै लिलामी गर्न लागेको भन्दै उनी गुनासो लिएर […]