नेकपा सचिवालय बैठक स्थगित

  ।   ५ आश्विन २०७७, सोमबार ०७:०५

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

गृहकार्य गर्न भन्दै बैठक स्थगित गरिएको हो । बैठक भोलि १२ः३० बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । उनले ट्विटरमा भनेका छन्, ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२ः३० बजे बालुवाटारमा बस्ने भएको छ ।’

यसअघि आइतबार बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।

Next Post

बन्द हुनुअघि अमेरिकामा टिकटक र विच्याटको कीर्तिमानी डाउनलोड

५ आश्विन २०७७, सोमबार ०७:०५
काठमाडौं । अमेरिकी सरकारले आज आइतबारदेखि अमेरिकामा चिनियाँ एपहरु टिकटक र विच्याट डाउनलोड गर्नमा बन्देज लगाउँदैछ । अमेरिकामा लोकप्रिय रहेका विच्याट र टिकटक एप आइतबारबाट गुगल प्ले स्टोर तथा एपस्टोरमा उपलब्ध नहुने भएसँगै अमेरिकी प्रयोगकर्ताहरु त्यस अगाडि नै यी एपहरु डाउनलोड गर्न हतारिएका छन् । शुक्रबार अमेरिकामा एकैदिन टिकटक एप […]