
कार्तिक २१, सुर्खेत ।
कर्णालीमा पछिल्लो २४ घण्टामा २ सय २६ जनाले कोरोना जितेर डिस्चार्ज हुँदा ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुर्खेतका ४० जनासहित २४ घण्टामा जुम्लाका ७, दैलेखका ६, रुकुमपश्चिमका ३, कालिकोटका १ र अन्य प्रदेशका ६ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश अस्पताल/पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा ५६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२, दैलेख अस्पतालमा ५ र चौरजहारी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रलायका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ३३ पुगेको छ । कर्णालमा हालसम्म सबैभन्दा बढी सुर्खेतका २ हजार ६ सय ४० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, दैलेखका १ हजार ५ सय २७, सल्यानका ५ सय २०, जुम्लाका ३ सय ३४, कालिकोटका ३ सय ७, रुकुमपश्चिमका १ सय ८३, जाजरकोटका १ सय ८, हुम्लाका ३४, मुगुका ३२, डोल्पाका १५ र अन्य प्रदेशका ४ सय ३६ जना छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर २ सय २६ जना डिस्चार्ज भएका छन् । कर्णालीमा कोरोना जितेर घर फर्कनेको संख्या ५ हजार ४ सय ९३ पुगेको छ । कर्णालीमा कोरोना संक्रमणबाट हालसम्म १६ जनाको मृत्यु भएको छ ।

