के हो किच्कन्या भनेको ? के किच्कन्या छ ??

  ।   २९ पुष २०७८, बिहीबार १५:१७

किच्कन्याको काल्पनिक कथाहरु बनेका छन् । राजा महाराजासँग जोडेर किचकन्याको कथा बनाइएका छन् । तर, के किचकन्या अस्तित्वमा छ ?

कतिपयले किच्कन्या भेटेको या किचकन्याले लखेटेको भन्ने गरेका छन् । किच्कन्या नेपाल र भारतीय समाजमा प्रचलित किम्वदन्ती र कथाहरुको भूत हो । यसले महिलालाई कुनै हानीनोक्शानी पुर्याउँदैन पुरुषलाई भने हानी पुर्याउनेगरेको विश्वास छ । तर, किचकन्याबारे अहिलेसम्म वैज्ञानिक प्रमाण फेला परेको छैन ।

भारतमा किचकन्यालाई चुडैल पनि भन्ने गरिन्छ । तर, चुडैलभन्दा किचकन्या केही भिन्न मानिन्छ । यसले हानी नोक्शानी पनि पुर्याउने गरेको बताइन्छ ।

किचकन्या रातको समयमा मात्र देखिने गरेको बताइन्छ । भेटेको दाबी गर्नेहरुका अनुसार किचकन्या नारी स्वरुपको हुन्छिन् । असाध्यै सुन्दर र सफा हुन्छिन् । सबै सुन्दर भएपनि किचकन्यालाई चिन्न उपाय भनेको खुट्टाको पाउ मात्रै हो । किचकन्याको पाउ सामान्य मानिसकको भन्दा भिन्न अर्थात् औंलाको भाग पछाडि र कुर्कुच्चा अगाडि फर्केको हुन्छ ।

किचकन्या चिहानबाट निस्कने गरेको बताइन्छ । मध्यरातमा चिहानबाट निस्कने र उज्यालो हुनेवित्तिकै फर्कने गर्छिन् । रातको समयमा पुरुषलाई भेटेमा यीनले आफ्नो पासोमा पार्छिन् । किचकन्याले मानिसलाई मार्ने या नोक्शानी पारिहाल्ने गर्दिनन् । तर, यीनले आफूसँग सम्बन्ध बनाएर पल्काउँछिन् । सम्बन्धमा मोहित पुरुष विस्तारै सुक्दै जान्छ र मृत्युको अवस्थामा पुग्छ ।

किच्कन्यासँग मोहित पुरुषलाई छुटाउन तन्त्रमन्त्रबारे पनि सुनिएको छ । तान्त्रिकले किचकन्यासँग फसेको पुरुषलाई धागो दिने र सम्बन्धको समयमा धागो बानिदिन लगाउँछ । लामो धागोका कारण किचकन्या कुन स्थानबाट निस्केकी हुन् पत्ता लाग्छ । त्यस स्थानमा हड्डी भेटिन्छ । हड्डीलाई नष्ट गरेर र तन्त्र मन्त्र गरेर किचकन्या आउन नसक्ने बनाइन्छ । यसको अर्थ यो मृत महिलाको भड्केको आत्मा हो ।

राजा महाराजाहरु पनि किचकन्यासँग फसेको किम्वदन्ती छ । किचकन्यासँग मल्ल राजा प्रताप मल्ल समेत फसेको किम्वदन्ती छ । पछि उनलाई तान्त्रिकले छुटाइदिएका थिए ।

अहिलेसम्म किचकन्याबारे कुनै प्रमाणित तथ्य नभेटिएकाले यसलाई अन्धविश्वासकै रुपमा लिइन्छ ।#riportersnepal.com

Next Post

खेलाडीलाई सम्मान

२९ पुष २०७८, बिहीबार १५:१७
गोबिन्ददेव भारती / २९ पौष सुर्खेत,   नेपाल गोजु रियो कराँते दो संघ सुर्खेतले बंगलादेशको ढाकामा आयोजित अन्तराष्ट्रिय कराँते प्रतियोगितामा बिजयी खेलाडीहरुलाई सम्मान गरेको छ । गत डिसेम्बर २७ देखि २९ सम्म बंगलादेशको ढाकामा भएको सो प्रतियोगितामा जीत हासिल गर्ने खेलाडीहरु प्रकाश खड्का (सुर्खेत), सन्दीप महत (सुर्खेत) र हिक्मत रोका मगर […]

सम्बन्धित