कर्णालीका सबै जिल्लामा देउसी र भैली खेल्न निषेध

  ।   १९ कार्तिक २०७७, बुधबार १९:०२

कार्तिक १९, सुर्खेत ।

नजिकीदै गरेको मूख्य पर्व तिहारमा देउसी र भैली खेल्न पूर्ण रुपमा निषेध गर्ने कर्णाली सरकारले निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहार पर्वमा सुरक्षा सतर्कता अपनाएर घरभित्र बसी टिका लगाउन दिने र देउसी र भैली खेल्नमा निषेध गर्ने निर्णय गरेको हो ।

बैठकले पर्वको बेला जात्रा/मेला लगाउन नदिन मातहतका निकायलाई परिपत्र गर्ने जनाएको छ । कोरोना रोगको संक्रमण दिनप्रतिदिन समुदायमा फैलिई सकेकोले नियन्त्रण र उपचारका लागि कठिन हुने भन्दै बैठकले प्रचार-प्रसारमा तिव्रता दिन सरोकारवाला निकायलाई तदारुकताका साथ खटाउने व्यवस्था सामाजिक विकास मन्त्रलायलाई मिलाउन निर्देशन दिएको छ ।

बदलिदो मौसम, नजिकिएको तिहार, छठ र प्रदेश राजधानी र सदरमुकामका अस्पतालको क्षमताको अवस्थालाई हेरी कोभिड–१९ सम्बन्धी सुरक्षा सतर्कता अपनाउन आम नागरिकलाई सजग हुन बैठकले आग्रह गरेको छ ।

कोभिड संक्रमणको अवस्था र समुदायमा यसको प्रभाव तिहारसम्म के कस्तो रहन्छ त्यसको आँकलन गरेर नियन्त्रण र उपचारको योजना अर्को वैठकमा पेश गर्न सामाजिक विकास मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।#nepaliraibar

 

Next Post

पहिरोमा पुरिएर पाँच मजदुरको मृत्यु, दुई घाइते

१९ कार्तिक २०७७, बुधबार १९:०२
कार्तिक १९, नवलपरासी । कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पहिरोमा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–३ सखुवा भन्ने स्थानमा सडक खन्ने क्रममा आएको सुख्खा पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । प्रहरीले दिएको जानकारी […]

सम्बन्धित