सर्वोच्चको भ्याकेट डिसिजनः कर्णालीका ४ सांसदमाथि एमालेले गरेको कारवाही सदर

  ।   १८ श्रावण २०७८, सोमबार १७:३२

सर्वोच्च अदालतले फ्लोर क्रस गरेर माओवादी सरकार जोगाउने एमालेका चार सांसदमाथि पार्टीले गरेको कारवाहीलाई वैधानिक ठहर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासमा आज भएको सुनुवाइपछि अदालतले आफैं समावेश भएको संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल नभएको ठहर गरेको छ ।

नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकूलसमेत मान्न नसकिने भन्दै एमालेले प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला,अम्बर थापा, कुर्मराज शाही र नन्दसिंह बुढामाथि गरेको कारवाही र सांसदबाट प्रदेशसभाले गरेको पदमुक्तिलाई सदर गरेको छ ।

इजलासले यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतले पुनर्वहालीका लागि दिएको अन्तरिम आदेश खारेज गरेको छ । सो अन्तरिम आदेशविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली भ्याकेटमा गएका थिए । ओलीको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले एमालेको कारवाहीलाई वैधता दिएको छ ।

Next Post

सिन्धुलीबाट निर्वाचित सांसदले मन्त्री नबनाए आत्महत्या गर्छु भनेपछि…

१८ श्रावण २०७८, सोमबार १७:३२
मन्त्री बन्न नेतृत्वसँग सांसदहरुले कतिसम्म बार्गेनिङ गर्नसक्छन्, त्यो तपाईँहरुले अनुमान लगाउन सक्नुहुन्छ । मन्त्री बन्न गुट बदल्ने, पार्टी फेर्नेलगायतका धम्की त सामान्य नै हुन् । हुँदाहुँदा मन्त्री नबनाए आत्महत्या गर्ने इमोसनल ब्ल्याकमेलिङ नै गर्न थालिएको छ । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टी स्थायी समितिको बैठकमा नै आफूलाई मन्त्री नबनाए […]